संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सुभेच्छुकको सल्लाह सुझाव र जनगुनासो सम्बोधन गर्न 'इ-हुलाक सेवा' पुनः सञ्चालनमा ल्याएका छन्।
मन्त्री किरातीले आइतबार सामाजिक सञ्जालमार्फत इ-हुलाक सेवा पुन: सञ्चालनमा ल्याएको बताएका हुन्।
उनले इ-हुलाक पत्रमा लेखेका छन्, 'नयाँ जिम्मेवारी र चुनौतीमाथि उभिएर फेरि तपाईंहरूलाई पत्र लेख्ने साहस गर्दैछु। तपाईं र मबीच सम्बन्ध जोड्न स्थायी पुलका रूपमा इ–हुलाक सेवा सुरू गरिए पनि व्यस्तताका कारण केही समयदेखि सेवा बन्द थियो। त्यसका निम्ति क्षमाप्रार्थी छु।'
'आजका मितिदेखि हामीबीचको सम्बन्धलाई ताजा राख्न पुनः यो सेवा सञ्चालनमा ल्याइएको छ, आशा छ, तपाईंहरूको सन्देश सधैँ आइरहनेछ।' उनले थपे।