हिमालय एयरलाइन्सले संस्थागत उत्तरदायित्व अन्तर्गत 'शिक्षातर्फ पाइला' अभियानलाई अगाडि बढाउँदै लव प्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ।
अनाथ तथा विपन्न बालबालिकाको लागि लव प्रसाद सुधार संघद्वारा सञ्चालित गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था लव प्रसाद बाल गृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त सहयोग गरेको हो।
अगस्ट ३ मा बाल गृहमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एयरलाइन्सका अध्यक्ष झो इन्योङ्गले बालगृहका अध्यक्ष उषा कार्कीलाई तीन लाख ९६ हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।
यस बाहेक बालगृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप, हुला हुप जस्ता विभिन्न खेलकुदका सामाग्रीहरू पनि सहयोग गरेका छन्।
सुन्दरीजलमा अवस्थित यस संस्थाले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ।