पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उड्न लागेको यति एयरलाइन्सको जहाजको 'ल्यान्डिङ गेयर'मा मुसा देखिएपछि उडान रोकिएको छ।
सोमबार नियमित उडान तालिकाअनुसार बिहान ११:५० को उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएपछि उडान रोकिएको विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीले बताइन्।
उनकाअनुसार केही 'डिले' भएकाले दिउँसो पौने एक बजे उडानका लागि तयार थियो। जहाजमा ६० जना यात्रु थिए।
'बोर्डिङका क्रममा एक यात्रुले जहाजको पछाडिको ल्यान्डिङ गेयरको वरपरी मुसा देख्नुभएछ। जहाजभित्रै पस्यो कि भन्ने आशंका भयो,' उनले सेतोपाटीसँग भनिन्, 'उडान रद्द गरियो।'