नेपाल वायुसेवा निगम (नेवानि)ले मंगलबार बिहान क्वालालम्पुर-भैरहवा-काठमाडौं उडानमा 'डिले' भएको सम्बन्धमा छानबिन समिति गठन गरेको छ।
निगमका अनुसार मंगलबार उक्त गन्तव्यमा आरए४२२ उडान गर्नुअघि '९एन-एकेडब्लु' जहाजको नियमित जाँच गर्दा क्रु अक्सिजन बोटलको प्रेसर कम हुन गएको देखिएकोले पूर्व निर्धारित समयमा उडान हुन सकेको थिएन।
निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै के-कस्ता कारण प्राविधिक समस्या आएको हो त्यसबारे सत्य तथ्य पत्ता लगाउन र भविष्यमा समस्या हुन नदिन छानबिन समिति बनाएको बताएको छ।