मनाङ एयरको हराइरहेको हेलिकप्टर खोज्न काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर परिचालन भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलका अनुसार लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी अल्टिच्युड एयरको हेलिकप्टर पठाइएको हो।
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको 'नाइन एनए–एमभी' कलसाइन भएको हेलिकप्टर १० बजेदेखि सम्पर्कविहीन छ।
प्रवक्ता सिटौलाका अनुसार बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो।
हेलिकप्टरमा पाँच जना विदेशी नागरिक छन्। हेलिकप्टरका पाइलट नेपाली हुन्।