नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगपालिकालाई कर छुटसहित प्राधिकरण भवनको नक्सा पास गर्न अनुरोध गरेको छ।
सिनामंगलमा तयार भएको प्राधिकरणको नयाँ भवनको नक्सालाई लिएर महानगरले प्रश्न उठाएपछि प्राधिकरणको शुक्रबार बसेको बैठकले महानगरलाई पत्राचार गर्ने निर्णय गरेको हो।
उक्त निर्णयसँगै शुक्रबार प्राधिकरणले भवनको तत्काल नक्सा पास गर्न महानगरलाइ पत्राचार गरेको छ।
यसअघि प्राधिकरणले सम्पत्ति कर र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५६ अनुसार भूमिकर नलिइकन नक्सा पास प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो।
नक्सा पास सम्बन्धमा अन्यौलता सिर्जना भई नक्सा पास प्रक्रिया अगाडि बढ्न नसकेको प्राधिकरणले जनाएको छ।
जसकारण प्राधिकरणले मालपोत तथा सम्पत्ति कर छुटका लागि पुनः अनुरोध गर्दै पत्र पठाएको छ।