नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरका मेयर बालेन शाहलाई स्पष्टीकरण सोधेको छ।
काठमाडौं महानगरपालिका-९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई फेन्सिङ तार काटेपछि स्पष्टीकरण सोधिएको हो। उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ।
बिहीबार नगर प्रहरी उपरीक्षक राजु पाण्डेले कुनै जानकारीबिना अन्य नगर प्रहरीलाई तार काट्न लगाएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका कर्मचारीले तार नकाट्न अनुरोध गरेता पनि नगर प्रमुखको आदेशबमोजिम आफूहरूले सो कार्य गरेको उनीहरूले बताएका थिए।
प्राधिकरणले सोधेको स्पष्टिकरणमा भनिएको छ, ‘तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो? यो पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन प्राधिकरणको मिति २०८० / ०२ / ३२ को निर्णयानुसार जानकारी गराइन्छ।’