रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनाका लागि अध्ययन समितिले प्रतिवेदन बुझाएको छ।
समितिले ४५ दिन अध्ययन तथा अनुसन्धान गरेर प्रतिवेदन तयार गरेको हो। प्रतिवेदनमा रैथानेको परिभाषा, विभिन्न जातिका सीप, कला संस्कृतिलाई चिनाइएको छ।
साथै सञ्चालनका लागि राज्यलाई कम भार पर्ने समुदायगत सहभागिता (गुठियार) पद्धति समावेश गरिएको समितिका सदस्य प्राज्ञ राजन मुकारुङले बताएका छन्।
डाक्टर मानबहदुर विकको संयोजकत्वमा बनेको ५ सदस्य समितिले ३३ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो।
प्रतिवेदनको गहिरो अध्ययन गरी विद्यालय स्थापनाको प्रकियाका बाँकी काम अगाडि बढाइने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताए।
समितिको सदस्यमा प्राज्ञ राजन मुकारुङ, मुन्धुमविद भोगिराज चाम्लिङ, कानुनविद गिता चौधरी र सदस्य सचिवमा डाक्टर शुरेस सुरस रहेका थिए।