एसपिजी अटोमोवाइल्सले उपल्लो मुस्ताङको चराङमा विद्युतीय सवारी साधन ९इभि० का लागि नयाँ चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।
दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बिहीबार उक्त स्टेसनको उद्घाटन गरे।
समुद्र सतहदेखि ३५ सय मिटरभन्दा माथि अवस्थित यस स्टेसनलाई ओमोडा र जेइको कम्पनीमार्फत स्थापना गरिएको हो। जसलाई नेपालकै सबैभन्दा उच्च स्थानमा रहेको इभी चार्जिङ सुविधा मानिएको छ।
यसले उपल्लो मुस्ताङ हुँदै कोरला तर्फ यात्रा गर्ने इभी प्रयोगकर्ताका लागि ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ।
यसअघि जोमसोमपछि चार्जिङ सुविधा नहुँदा यात्रुहरूले आफ्नो इभी त्यागेर यात्रा जारी गर्नुपर्ने अवस्था थियो। चार्जिङ स्टेसन सञ्चालनसँगै यस्तो समस्या अब समाधान हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणले चराङसम्म ३३ केभी प्रसारण लाइन विस्तार नगरेकाले हाल आधारभूत चार्जिङ सुविधा मात्र सञ्चालनमा ल्याइएको एसपिजी अटोमोवाइल्सका सर्भिस एण्ड आफ्टर सेल्स महाप्रबन्धक कृष्ण पोखरेलले बताए।
यस कदमले दुर्गम क्षेत्रका यात्रुहरूलाई सहज बनाउनुका साथै रोजगारी सिर्जना, वातावरणीय दिगोपन र इभी पूर्वाधार विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।