गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बंगलादेश गरी करिब साढे १७ अर्ब रूपैयाँको विद्युत निर्यात गरेको छ।
नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/०८२ मा भारतमा १७ अर्ब १९ करोड रूपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रूपैयाँ गरी कुल १७ अर्ब ४५ करोड ६७ लाख रूपैयाँको बिजुली बिक्री गरेको हो।
गत वर्ष १२ अर्ब ९२ करोड रूपैयाँ बराबरको बिजुली आयात गरिएको उल्लेख छ।
नेपालले पहिलो पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत भारत निर्यात सुरू गरेको हो।
हाल भारतको विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत निर्यात गरिरहेको ऊर्जा मन्त्रालयले जनाएको छ।