उत्तरी छिमेकी चीनसँग व्यापार बढाउने उद्देश्यले झन्डै तीन अर्ब रूपैयाँ लगानीमा निर्माण गरिएको रसुवागढी नाकाको अस्तित्व नै संकटमा परेको छ।
रसुवागढीमा मंगलबार बिहान आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि यस्तो स्थिति आएको हो।
यो नाकाको भौतिक पूर्वाधार 'आजभन्दा १० वर्षअघिको अवस्थामा फर्किएको' त्यहाँ कार्यरत भन्सार अधिकृत रविन्द्र प्याकुरेलले बताएका छन्।
स्थलमार्ग हुँदै चीनबाट आयात गरिने र त्यसतर्फ निर्यात हुने सामान भण्डारणका लागि निर्माणाधीन सुख्खा बन्दरगाहको पूर्वाधारमा सबभन्दा बढी क्षति पुगेको छ। बन्दरगाहका करिब ६० प्रतिशत संरचना भत्किएको वा बाढीले बगाएको अधिकारीहरूको भनाइ छ।
सुख्खा बन्दरगाह व्यवस्थापन गर्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार रसुवागढीको सुख्खा बन्दरगाह निर्माणको काम ८१ प्रतिशत सकिएको थियो। आगामी फागुनभित्र पूर्ण सञ्चालनमा ल्याउने तयारी थियो।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको यो बन्दरगाहको लागत २ अर्ब ८० करोड रूपैयाँ छ।
अहिलेसम्म यहाँ प्रशासनिक भवन, भित्री सडक, गोदाम घर, ३५० वटा गाडी अट्ने पार्किङ स्थल, खोला किनारमा लगाइएको पर्खाल, सामान जाँच्ने खुला ठाउँ लगायतका पूर्वाधार निर्माण सम्पन्न भइसकेका थिए।
बाढीपछि ती संरचना बगरमा परिणत भएको छ। बन्दरगाह भएका ठाउँमा बाढीले भीमकाय ढुंगाहरू थुप्रिएका छन्।
तस्बिरहरूः
-ink-1752121003.jpeg)
-ink-1752121002.jpeg)
-ink-1752121002.jpeg)
-ink-1752120996.jpeg)
-ink-1752120998.jpeg)
-ink-1752120998.jpeg)
-ink-1752120999.jpeg)
-ink-1752121005.jpeg)
-ink-1752121005.jpeg)
-ink-1752121007.jpeg)
-ink-1752121008.jpeg)
-ink-1752121008.jpeg)
-ink-1752121009.jpeg)
-ink-1752121007.jpeg)
-ink-1752121009.jpeg)
-ink-1752121010.jpeg)
-ink-1752121010.jpeg)
-ink-1752121011.jpeg)
-ink-1752121001.jpeg)
-ink-1752121001.jpeg)
-ink-1752120999.jpeg)
-ink-1752120997.jpeg)



-ink-1752120997.jpeg)
-ink-1752120996.jpeg)





सबै तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी