अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षबाट नै बहुप्रतिक्षित दुई सुरूङमार्ग सञ्चालनमा आउने बताएका छन्।
आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्ने क्रममा अर्थमन्त्री पौडेलले सिद्धबाबा र नागढुंगा सुरूङमार्ग सञ्चालन आउने बताएका हुन्।
यी दुई सुरूङमार्गको निर्माण सम्पन्न गर्न दुई अर्ब ६० करोड छुट्याइएको छ।
सडक निर्माण गर्दा सुरूङ खोल्ने प्रविधि अवलम्बन गर्दै लैजाने पनि अर्थमन्त्री पौडेलले बताएका छन्।
अर्थमन्त्री पौडेलले आर्थिक प्राविधिक र वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका स्थानमा मात्रै सडकका लागि नयाँ ट्रयाक खोलिने प्रतिबद्धता जनाए छन्।