सरकारले वैदेशिक रोजगारमा जाने महिलाहरूको कार्यस्थल सुरक्षा र सेवासुविधा सुनिश्चित हुनेगरी व्यवस्था मिलाउने भएको छ।
यसका लागि गन्तव्य मुलुकहरूसँग थप सम्झौता गरिने व्यवस्था बजेटमा गरिएको छ।
आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र उपलब्धीमूलक बनाउन श्रम गन्तव्यको विविधिकरण गरिने बताए।
थप मुलुकसँग श्रम सम्झौता गरिने पनि बजेटमा उल्लेख छ।
वैदेशिक रोजगारीबाट फर्केका जनशक्तिको सीप, पुँजी र प्रविधि उपयोग गरि स्वरोजगार प्रवर्द्धन र उत्पादन वृद्धि गरिने व्यवस्था समेत बजेटमा छ।
यसका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताए।