सरकारले चारआली- सिलिगुडी पेट्रोलियम पाइपलाइन निर्माण गर्ने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८२-८३ को बजेट संसदको संयुक्त बैठकमा पेस गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन्।
झापाको चारआलीदेखि भारत पश्चिम बङ्गालको सिलिगुडीसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने बजेटमा उल्लेख छ।
भण्डारण सहितको प्रबन्ध गर्ने बजेटमा जनाइएको छ।