ग्वार्को फ्लाइओभरमा कालोपत्रे गर्न थालिएको छ।
२०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको फ्लाइओभरको संरचना निर्माण केही दिनअघि मात्रै सकिएको हो।
संरचना निर्माण सकिएपछि बिहीबारदेखि नै कालोपत्रे गर्न थालिएको थियो।
अहिले कोटेश्वरतर्फको भागमा कालोपत्रे भइरहेको छ।
सातदोबाटोतर्फको भाग पनि पानी नपरे बिहीबार राति नै कालोपत्रे गरिने तयारी रहेको निर्माण कम्पनीले जनाएको छ।
बाँकी रहेको काम नबिथोलिए जेठबाटै फ्लाइओभर सञ्चालनमा आउने निर्माण पक्षले बताएको छ।
८२ प्रतिशत निर्माण सकिएको ललितपुरको ग्वार्को फ्लाइओभरका केही भाग भत्काएर पुनर्निर्माण अघि बढाइएको थियो।
कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइ ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्याम्प निर्माण हुनेछ।
फ्लाइओभर निर्माण काम आशिष-समानान्तर जेभीले गर्दै आएको छ।
तस्बिरहरूः
-1747904100.jpg)
-1747904100.jpg)
-1747904099.jpg)
-1747904097.jpg)
-1747904095.jpg)
-1747904094.jpg)
-1747918913.jpg)
-1747904093.jpg)
-1747904094.jpg)
-1747904092.jpg)
-1747904092.jpg)
-1747904091.jpg)
-1747904091.jpg)
-1747904090.jpg)
-1747904089.jpg)
-1747918913.jpg)
-1747904089.jpg)
-1747904090.jpg)