झापाको बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलले मुटु रोगीको लागि क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ।
मुटु रोग सम्बन्धि विशेषज्ञता हाशिल गरेका डीएम कार्डोलोजिष्ट डाक्टर राजेश पञ्जियारले अब बी एण्ड सी हस्पिटलले मुटु रोगको सफलताका साथ उपचार गर्न सक्ने बताएका छन् । विश्वस्तरीय उपकरणहरु भएकाले मुटु रोगीले उपचारका लागि राजधानी तथा विदेश जानुनपर्ने बताएका छन्। डा.पजियारको टिममा पाँच जना विशेषज्ञ डाक्टर छन्।
मुटु रोगको उपचारमा संलग्न डाक्टर पञ्जियारले बीएण्डसीमा मुटुको सम्पूर्ण उपचार सुरु भएको भन्दै अबको दुई वर्ष भित्र हस्पिटलले मुटु फेर्नेसम्मका उपचार गर्ने उद्धेश्यका साथ चिकित्सकको टोली लागेको बताए। एनजियो ग्राफिक्स,एजियो प्लाष्टिक,प्रेस मेकर हाल्ने प्राविधि मार्फत विभिन्न उपचार गर्दै आएको हस्पिटलले क्याथ ल्याब सेवा सञ्चालन गरेसँगै आफ्नो मुटु कतिको स्वास्थ्य छ भन्ने चेक जाँच पनि गर्न सकिने जानकारी दिएका छन् ।
विभिन्न रोगको सफल उपचार गर्दै आएको हस्पिटलले अत्याधुनिक उपकरण भित्र्याउने क्रम जारी रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए। ‘बीएण्डसी हस्पिटलमा विशेषज्ञ चिकित्सक सहित विश्वस्तरीय प्राविधि भित्रि रहेका छन्। यो हस्पिटल नेपाल र नेपालीहरुकै साझा सम्पत्ति हो,’ उनले भने, ‘यसको विकास र उन्नतीका लागि सबै एक जुट हुन जरुरी छ।’
उनले मेची अञ्चलमा मुटु रोगको विशेषज्ञता हासिल गरेको एक मात्र डाक्टर भएको हस्पिटल बी एण्ड सी मात्र भएको दाबी समेत गरेका छन् ।
२८ करोड मूल्य बराबरको क्याथ ल्याब मेशिन ल्याएसँगै अब मुटु सम्बन्धि समस्याका विरामीको रोगको छिटो पहिचान गर्न सकिने कार्यकारी निर्देशक प्रसाईले बताए। उनले अब मेची अञ्चलका मुटु रोगीले अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए।
पछिल्लो समय दैनिक रुपमा मुटु रोगीको संख्या बढ्दै गइरहेका बेला अत्याधुकि उपकरण सहितको उपचार सुरु भएपछि पूर्वका मुटु रोगीलाई ठूलो राहत मिलेको मुटु रोग विशेषज्ञ डाक्टर पञ्जियारले बताएका छन् ।
हस्पिटलले शनिबार पत्रकार सम्मेलन गरेर मुटु रोगको उपचार पद्धति र बी एण्डसी मा भित्रिएका उपकरणको बारेमा जानकारी गराईको थियो।
हस्पिटलले नशा सम्बन्धि पूर्ण उपचार सेवा समेत सञ्चालनमा ल्याएको जनाइएको छ । न्यूरो सर्जन डाक्टर पंकजराज नेपालले नशा च्यापिएको बिरामीको शल्यक्रिया गरेर उपचार गर्न सकिने बताएका छन् । ‘नशा च्यापिएको अप्रेशन गर्दा प्यरालाईसेस हुन्छ भन्ने धेरैमा भ्रम छ । तर नशाको सफल सल्यक्रिया गरेर उपचार गरेमा यो समस्याबाट छुटकारा पाउन सकिन्छ,’ उनले भने।
मानिसको अत्यन्त संवेदनशिल अंग टाँउको भएकाले टाँउकामा नशा च्यापिएका, व्रण्डट्युमर जस्ता प्राणघातक रोगको पनि उपचार बीएण्डसी हस्पिटलमा हुन सक्ने अस्पतालले जनाएको छ । बीएण्डसी हस्पिटलमा जटिल प्रकृतिका शल्यक्रियाहरु समेत सफलता पूर्वका सम्पन्न भएको भन्दै अब उपकरणहरु विश्व स्तरीय भएकाले चिकित्सकलाई काम गर्न पनि सहज भएको अस्पतालका निर्देशक प्रसाईलेको भनाई छ ।
मानव शरीरमा भित्रिने अधिकाँस रोगहरुको सफलताका साथ उपचार गर्दै आएको बीएण्डसी टिचिङ्ग हस्पिटलले विश्वस्तरीय उपकरणका साथ विभिन्न विशेषज्ञ चिकित्सकहरु भित्र्यिाइ रहेको जनाइएको छ । मेची अञ्चलका झापा सहित इलाम, पाँचथर,ताप्लेजुङ तथा मोरङ, सुनसरी, धनकुटा,तेह्रथुमका साथै भारतका विभिन्न स्थानबाट समेत उपचारका लागी बिरामीहरु आउने गरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए। हस्पिटलले क्यान्सर रोगीलाई मध्यनजर गर्दै छुट्टै रुपमा पूर्वाञ्चल क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।