दुई दिनदेखि स्थिर रहेको सुनको भाउ बुधबार भने बढेको छ।
सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।
मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।