तपाईं इन्स्टाग्राम र फेसबुक दुवै चलाउनुहुन्छ र दुवैतिर नियमित एकैखाले पोष्ट गरिहनुहुन्छ भने तपाईंका लागि फेसबुकले सुविधा ल्याएको छ।
फेसबुकले ल्याएको यो सुविधामार्फत इन्स्टाग्राममा गरेका पोस्ट फेसबुक नखोली नै फेसबुकमा पनि गर्न सक्नुहुनेछ।
इन्स्टाग्राम खोलेर केही पोस्ट गर्दा फेसबुकमा पनि गर्ने भन्ने विकल्प आउँछ। यसमा क्लिक गरेपछि फेसबुक नखोली नै पनि पोस्ट गर्न सकिन्छ। यसले तपाईंको समय र मोबाइल डाटामा हुने खर्च दुवै बचाउँछ।
हाल यो सुविधा सबै प्रयोगकर्तासम्म आइपुगेको भने छैन। फेसुबकले गत महिना पोर्चुगलमा यसको परीक्षण गरेको थियो। त्यहाँ सफल भएपछि हालै अमेरिकाका प्रयोगकर्तामाझ पनि सार्वजनिक गरेको छ।
विस्तारै यो संसारभरीका प्रयोगकर्ताका माझ पुर्याउने कम्पनीले जनाएको छ।
[caption id="" align="alignnone" width="322"]
तस्बिरः डेलिमेल[/caption]
[caption id="" align="alignnone" width="327"]
तस्बिरः डेलिमेल[/caption]