सौर्य सामाग्री उत्पादक कम्पनी ग्रीनलाइन प्लानेट र नेपालको उपभोक्ता सामाग्री सम्बन्धित कम्पनी हिम इलेक्ट्रोनिक्ससँग विद्युत नपुगेका विकट क्षेत्रहरुमा सौर्य साम्रागी पुर्याउने सम्झौता भएको छ।
प्लानेट र हिमले यो सम्झौतासँगै नेपालका १ करोड ६५ लाख विद्युत नपुगेका जनसंख्यासम्म सौर्य प्रणाली पुर्याउने लक्ष्य राखिएको छ। सम्झौता अनुसार प्लानेटले उत्पादन गरेका सन किङ्गका तीन बत्तीहरु विभिन्न लघुवित्त संस्थाहरु र सहकारीहरुमार्फत विक्री गरिने छ।
सोलार प्यानल, चार्जर, बत्तीसहित उत्पादनहरुको मूल्य ९ सय ९९, ३ हजार ७ सय ९९ र ८ हजार ९ सय ९९ निर्धारण गरिएको छ।
तीनै सोलर बत्तीहरुमा २ वर्षको वारेन्टीका साथमा ४५ घण्टासम्म निरन्तर कार्य गर्न सक्ने क्षमता रहेको तथा यसबाट फोन चार्ज समेत गर्न सकिने कम्पनीले दाबी गरेको छ।
कम्पनीले यी लाइटको प्रगोगले मट्टितेल टुकीबाट हुने हानीबाट जोगाउने तथा अध्ययन लगायतका कार्यमा सहजता ल्याउने बताएको छ।