प्रविधि कम्पनी शाओमीले तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
कम्पनीले नेपालभर उत्कृष्ट ग्राहक सेवा र सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित हेटौँडा, दमौली र बिर्तामोडमा उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।
मंसिर २६, २७ र २९ गते क्रमशः सञ्चालनमा आएका यी सर्भिस सेन्टरहरू शाओमी प्रयोगकर्तालाई छिटो, भरपर्दो र विश्वासनीय सेवाको पहुँच अझ सुदृढ बनाउने लक्ष्यसहित सुरु गरिएको कम्पनीले जनाएको छ।
नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच, फिटनेस ब्यान्ड), हियरएबल्स
(इयरफोन/हेडफोन) लगायतका उपकरणहरूको मर्मत तथा प्राविधिक सहयोग प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ।
सबै केन्द्रमा शाओमीका जेनुइन स्पेयर पाट्र्स र आधिकारिक मर्मत प्रक्रियाहरू अपनाइने भएकाले ग्राहकले गुणस्तरीय, भरपर्दो र दीर्घकालीन सुरक्षित सेवा प्राप्त गर्ने कम्पनीको भनाइ छ।
यी तीनै सर्भिस सेन्टरहरू रमेश कर्पअन्तर्गत टेलिडाइरेक्ट प्रा. लि. द्वारा सञ्चालन गरिनेछन्।
टेलिडाइरेक्ट नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक बितरक तथा सर्भिस, ग्राहक सहयोग र भरपर्दो सेवा प्रदान गर्दै आएको अनुभवी सेवा प्रदायक कम्पनी पनि हो।
सर्भिस सेन्टर उद्घाटनको अवसरमा हेटौँडा, दमौली र बिर्तामोडका ग्राहकहरूलाई उद्घाटन भएको मितिदेखि एक महिनासम्म विशेष सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।
साथै उक्त स्थानका ग्राहकहरुले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड तथा वारिन्टीबाहिरका स्पेयर पाट्र्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट र वारिन्टीबाहिरका स्पेयर पाट्र्समा सर्भिस शुल्क नलाग्ने सुविधा पनि प्राप्त गर्नेछन्।