सामसङ नेपालले नयाँ ग्यालेक्सी ट्याब एस–११ नेपाली बजारमा सार्वजनिक गरेको छ।
नयाँ ट्याबलेटमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि र नयाँ यूजर इन्टरफेससमेत प्रयोग गरिएको छ, जसले लेख्न, चित्र बनाउन, एकैसाथ धेरै काम गर्न र सिकाइमा सहजता ल्याउने जनाएको छ।
११ इन्चको उच्च गुणस्तरको पर्दा, शक्तिशाली प्रोसेसर र सुधारिएको एस–पेनसहितको यो ट्याबलेट सिर्जनशील व्यक्ति, विद्यार्थी र व्यवसायिक प्रयोगकर्ताका लागि उपयुक्त मानिएको छ।
सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी ट्याब एस–११ ले नेपाली युवाहरूमा उत्पादकता र सिर्जनशीलता बढाउन सहयोग पुर्याउने बताएका छन्।
यो ट्याबलेट देशभर सामसङका अधिकृत खुद्रा बिक्री केन्द्रहरूमा पाइने छ। यसको मूल्य १ लाख २९ हजार ९९९ रूपैयाँ तोकिएको छ।
शून्य प्रतिशत ब्याजमा किस्ता सुविधा पनि दिइएको कम्पनीले जनाएको छ।