एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्न सफल भएका छन्।
उनले प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्दै पुरस्कार स्वरुप यो डिल हात पारेका हुन्।
आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकाे प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हाँसिल गर्दै पाँच लाखको ब्रान्ड डिल जितेकि छन्।
त्यस्तै, बागलुङ्गका मनिष रुचेलले तेस्रो बन्दै दुई लाख ५० हजारको ब्रान्ड डिल पुरस्कार जितेका छन्। त्यसैगरी बुटवलका प्रशान्त पान्डेले चौथो स्थान हाँसिल गरी अपट्रेन्डली पीकका रुपमा एक लाखको ब्रान्ड डिल जितेका छन्।
गत शुक्रबार काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममाझ विजयी क्रिएटरहरुलाई पुरस्कार प्रदान गरिएको हो। देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने उदेश्य सहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो।
‘देशमा विभिन्न भागमा फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल कन्टेन्ट क्रिएटरहरूको पहिचान र सशक्तिकरण गर्ने लक्ष्यका साथ आयोजना गरिएको यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो । एनसेलसँगको ब्रान्ड डिलले पुरस्कृतहरुलाई कन्टेन्ट क्रिएशनमा अझै निखारिएर अगाडि बढ्न ठूलो प्रेरणा मिल्नेछ भन्ने कुरामा म पूर्णरुपमा विश्वस्त छु,’ एनसेलका चिफ कमर्शियलअफिसर उमेर मोहसिनले भने।
प्रतियोगितामा सहभागी हुन प्राप्त भएका भिडियोहरू मध्येबाट उत्कृष्ट ५० जना क्रिएटरहरुलाई पाँच जना मेन्टरहरु सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले छानेका थिए।
उनीहरुलाई १०/१० जनाको समुहमा पाँचजना मेन्टरहरुमार्फत विशेष प्रशिक्षण र मेन्टरशिप प्रदान गरिएको थियो ।
सहभागीहरुले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीतिलगायतका बारेमा प्रशिक्षण पाएका थिए।
निर्णायक मन्डलमा नेपालका लागि अमेरिकी राजदुतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की थिए।