भिभोले आफ्नो वाई सिरिज अन्तर्गत दुई उत्कृष्ट मोडलका स्मार्टफोन सार्वजनिक गर्दैछ। कम्पनीले वाई-३३ एस र वाई-०१ सार्वजनिक गर्ने भएको हो।
भिभोको वाई सिरिजका मोडलहरूले हालसम्म बजारमा लोकप्रियता कमाएको छ। सार्वजनिक हुन लागेका नयाँ फोनहरूमा थप विशेषताहरूसहित उच्च गुणस्तर र नवीन सुविधाहरू समावेश हुने बताइएको छ।
भिभोको वाई-३३ एसमा ५० मेगापिक्सलको मुख्य क्यामेरा हुने अनुमान छ। त्यस्तै, यसमा अल्ट्रा-क्लियर फोटा लिन तथा दिन र रातमा फोटोहरू खिच्न पनि भिन्न सुटिङ मोडहरू छन्। यसमा पाँच हजार एमएएचको ब्याट्री प्याक हुने बताइएको छ, जसले प्रयोगकर्ताहरूलाई ब्याट्री सकिने चिन्ताबाट मुक्त हुन सकिन्छ। वाई-३३ एस ले सुलभ मध्ये-दायरा खण्डमा आमुल परिवर्तन गर्न सक्ने कम्पनीको विश्वास छ।
त्यस्तै, वाई-०१ मा पनि पाँच हजार एमएएचको ब्याट्री हुने अनुमान छ। यसमा क्रिस्प र इमर्सिभ गेमिङ तथा कन्टेन्ट उपभोग अनुभवको लागि फोनमा ६.५१ इन्च एचडी प्लस हेलो फुल भ्यू डिस्प्ले रहेको अनुमान छ।
सुरक्षाको सन्दर्भमा यो फोन भिभोको अत्यधिक फेस एक्सेस प्रविधि दिइएको छ। हालसम्म, वाई-३३ एस र वाई-०१ को पूर्ण विशेषता र मूल्यहरूबारे भने कम्पनीले सार्वजनिक गरेको छैन।