साओमीले रेडमी सिरिजका दुई नयाँ स्मार्ट फोन ‘रेडमी नोट ७’ र ‘रेडमी ७’ नेपाली बजारमा ल्याएको छ।
फोन ग्राहकको रूची अनुसार सर्वसुलभ मूल्यमा बजारमा ल्याइएको कम्पनीको भनाइ छ। फोन अप्रिल ७ देखि अनलाइन तथा अफलाइन स्टोरहरुमा उपलब्ध हुने छन्।
रेडमी नोट सेभेन
कम्पनीका अनुसार रेडमी नोट सेभेन विशेषगरि फोटो तथा भिडियो खिच्न रुचाउने प्रयोगकर्ताका लागि ल्याइएको हो। यो फोनमा ४८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको रियर क्यामरा छ।
यसमा फोटोलाई ठूलो देखाउने १२ मेगापिक्सेलकोे टेट्रासेल टेक्नोलोजी जडान गरिएको छ। त्यसैगरि उत्कृष्ट सेल्फीका लागि १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा जडान गरिएको छ।
यस फोनको क्यामरामा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) प्रविधि प्रयोग गरिएको छ । क्वालकम स्न्यापड्रागन ६६० एआईई चीपसेट प्रयोग गरिएको यस स्मार्ट फोनमा ४ हजार एमएएचको ब्याट्री पावर रहेको कम्पनीले जानकारी दिएको छ।
फोनमा क्वालकमको क्वीक चार्ज ४ टेक्नोलोजी जडान गरिएकोले फास्ट चार्ज हुने कम्पनीको दाबी छ। गोरिल्ला ग्लास ५ प्रयोग गरिएको रेडमी नोट सेभेनमा ६.३ इन्चको फूलएचडी प्लस डिस्प्ले जडान गरिएको छ।
कम्पनीका अनुसार यो स्मार्टफोन ३ जीबी ¥याम, ३२ जीबी स्टोरेज, ४ जीबी ¥याम, ६४ जीबी स्टोरेज र ४ जीबी ¥याम र १२८ जीबी स्टोरेज भेरिएन्टहरुमा आउनेछ।
ग्राहकले रेडमी नोट सेभेन नेप्च्यून ब्लू, स्पेस ब्ल्याक र नेबुला रेड कलर पाउन सक्नेछन्। नेपाली बजारमा यी फोनका मूल्य क्रमशः २१ हजार ९ सय ९९ रुपैयाँ, २४ हजार ९ सय ९९ रुपैयाँ र २६ हजार ९ सय ९९ रूपैयाँ राखिएको छ।
रेडमी सेभेन
रेडमी सेभेन रेडमी नोट सेभेनभन्दा कम मूल्यको छ। यो स्मार्टफोनमा ६.२६ इन्चको एचडी प्लस डट ड्रप डिस्प्ले डिजाइन गरिएको छ। फोनलाई स्क्र्याच हुनबाट जोगाउर्न कोर्निंङ गोरिल्ला ग्लास ५ जडान गरिएको छ।
४ हजार एमएएच ब्याट्री पावर रहेको यस स्मार्टफोनमा क्वालकम स्न्यापड्रयागन ६३२ चीपसेट जडान गरिएको कम्पनीले जनाएको छ।
रेडमी सेभेन २जीबी ¥याम, १६ जीबी स्टोरेज र ३ जीबी ¥याम, ३२ जीबी स्टोरेजमा उपलब्ध छन्। यस फोनको बजार मूल्य क्रमशः १४ हजार ९ सय ९९ रुपैयाँ र १६ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।