हुवावे पी ३० सिरिजका ३ नयाँ फोन नेपालभरि प्रि–बुकिङको लागि खुल्ला गरिएको छ।
जसमा ह्वावे पी ३० प्रो, ह्वावे पी ३०, ह्वावे पी ३० लाईट फोन रहेका छन्। नेपाली बजारमा ह्वावे पी ३० प्रोको मूल्य १ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ। ह्वावे पी ३०को मूल्य .८४ हजार ९ सय र हुवावे पी ३० लाईटको मूल्य ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ।
फोन अनलाइनबाट प्रि–बुकिङको लागि खुल्ला गरिएको छ। प्रि–बुक गर्ने ग्राहकको लागि विशेष उपहारको पनि व्यवस्था रहेको कम्पनीको भनाइ छ।
चैत्र १७ गतेदेखि खुलेको प्रि–बुकिङ्ग चैत्र २७ गतेसम्म उपलब्ध रहनेछ।पी ३० सिरिज्को खरिदका लागि नबिल, माछापुच्छ्रे, मेगा, कुमारी, सिद्धार्थ, ग्लोबल आईएमई, सेञ्चुरी, एनआईसी एशिया, एनएमबी र नेपाल इन्भेष्टमेन्ट बैंकहरुबाट शुन्य प्रतिशत ब्याजदरमा इएमआई सुविधा पउन सकिने जनाइएको छ।
फ्रान्सको पेरिस कन्भेन्सन सेन्टरमा ह्वावेको कन्ज्युमर बिजनेस ग्रुप बिजीले हुवावे पी ३०, हुवावे पी ३० प्रो र पी ३० लाईट विश्वव्यापीरुपमा सार्वजनिक गरेको थियो।
कम्पनीका अनुसार ह्वावे पी ३० सिरिजमा फोटोग्राफी र डिजाइनमा हुवावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ । यसमा कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ ।
यी स्मार्टफोनमा नवीनतम हुवावे सुपरस्पेक्ट्रम सेन्सर, एनपटीकल सुपरजुम लेन्स र ह्वावेको नयाँ टाइम अफ फ्लाइट( टीओएफ क्यामरा, परिस्कृत अप्टिकल र एआई स्टेबलाइजेसन प्रविधि जडान गरिएको छ ।
हुवावे कन्जुमर बीजीका प्रमुख कार्यकारी अधिकृत रिचर्ड यू भन्छन् ‘ पी ३० सिरिजले सुपरस्पेक्ट्रम सेन्सर र सुपरजुम लेन्स जस्तो नयाँ प्रविधिका कारण फोटोग्राफी र भिडियोग्राफीमा नयाँ आयाम ल्याउँछ।’