नेपाल टेलिकमले आफ्ना डाटा प्याकमा बिभिन्न छुट सहितका नयाँ योजना सार्वजनिक गरेको छ।
टेलिकमले डाटाप्याक, भ्वाइस प्याक र एडिस्नल अफर नामक बिभिन्न योजना सस्तो दरान उपलब्ध गराएको जनाएको छ।
कम्पनीले डाटाप्याक योजना अन्र्तगतको डे डाटा प्याक नामक योजनामा ३६ एमबि डाटा ६ रुपैयाँमा उपलब्ध गराएको छ। जसमा बिहान ६ बजे देखि बेलुका ६ बजे सम्मका डाटा चलाउन सकिने छ।
डाटा प्याक अन्तर्गत कै विकेन्ड डाटा प्याक अफरमा १०० रुपैयाँमा ३ जिबी डाटा शुक्रबार, सनीबार र आइतबारका लागि दिइएको छ। यसमा एक दिनमा १ जिबी डाटा खर्च गर्न पाइने छ।
त्यस्तै १८ रुपैयाँमा वान हावर अनलिमिटेड प्याक रहेको छ। यसमा १ घन्टा डाटाप्याकमा डे डाटा , भ्वाइस प्याक र एसएमएस सुविधा रहेको छ।
अलटाइम डाटा नामक योजनामा १० रुपैयाँ देखि ५ सय रुपैयाँ सम्मका बिभिन्न योजना रहेका छन्। जुन एक दिन देखि १ महिना सम्मका लागि चलाउन सकिने छ। यसमा ४ एमबि देखि ४५ एमबि सम्म डाटा अफर रहेको छ। यो योजनामा ५० प्रतिशत बोनस समेत दिइएको कम्पनीले जनाएको छ।
नाइट डाटा प्याकमा पनि ५० प्रतिशत डाटाका साथमा ५ रुपैयाँमा ६८ एमबि डाटा दिइएको छ।टेलिकमका अनुसार अनलिमिटेड नाइट डाटाप्याकमा १५ रुपैयाँमा एक रातका लागि अनलिमिटेड डाटा, ८५ रुपैयाँमा ७ दिनका लागि र २४० रुपैयाँमा एक महिनाका लागि अनलिमिटेड डाटा रहेको छ।
त्यस्तै अडियो कल गर्नका लागि एक दिनमा बिहान ६ वजे देखि बेलुका ६ बजे सम्म ६ रुपैयाँमा गर्न सकिने छ।
त्यस्तै भ्वाइस कलमा अलटाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, नाइट भ्वाइस प्याक, इन्डिया कल अफर नामक बिभिन्न नयाँ योजना छन्। यसमा भ्वाइस कल गर्दा सस्तो दरमा कुरा गर्नसकिने छ।
अर्को अफरमा एडिस्नल नामक योजना रहेको छ। जसमा एसएमएस प्याक, अनलिमिटेड एपफटिटिएच अफर, एडिएसएल अफर, सियूजी अफर, मिस्डकल अलर्ट, स्टुडेन्ट अफर रहेको छ।