नेपाल टेलिकमको सह–प्रवक्तामा कृष्णप्रसाद भण्डारी नियुक्त भएका छन्।
यस अघि उनले प्रबन्ध निर्देशकको कार्यालयका उप–प्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका थिए।
प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका उप–प्रबन्धक तथा सह–प्रवक्ता शोभन अधिकारी प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा सरुवा भएकाले कम्पनीले उनलाई यो जिम्मेवारी दिएको जनाएको छ।