भायनेट कम्युनिकेसनले भैरहवामा नयाँ शाखा संचालन गरेको छ ।
नयाँ सडक, भैरहवामा रहेको १२ औँ शाखालाई उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले उद्घाटन गरे।
भायनेट उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनी रहेको कम्पनीको दाबी छ। हाल उपलब्ध भायनेटको योजना मार्फत वार्षिक ग्राहकहरुले इन्टरनेटको प्लानमा १ वर्षको नेट टिभी र नेट टिभी सेट–टप–बक्स निःशुल्क प्राप्त गर्न सकिने भम्पनीको भनाइ छ।
चैत्र मसान्त भित्र नयाँ शाखा भ्रमण गर्ने ग्राहकले आकर्षक छुट तथा अफरहरु समेत प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ।