भिभोले भी सिरिजको नयाँ स्मार्टफोन ‘भी १५प्रो’ नेपालमा सार्वजनिक गरेको छ।
फोनमा एलेभेटिंग फ्रन्ट क्यामरा प्रयोग गरिएको छ।यसमा आवश्यकता अनुसार आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरिएको कम्पनीेले जनाएको छ। यो फूल स्क्रीन स्मार्टफोन हो।यसमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ।
कम्पनीका अनुसार ‘भि १५प्रो’मा ९१.६४ प्रतिशत स्क्रीन टू बडी रेसियो छ। यसले गेमिंग र भिडियो हेर्नका लागि सहज हुन्छ। यसमा ६.३९ इन्चको सूपर एमोलेड अल्ट्रा फूलभ्यू डिस्प्ले प्रयोग गरिएको छ, जसमा १९.५ः९ एस्पेक्ट रेसियो रहेको छ ।
फोनमा ट्रिपल रियर क्यामरा, इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंग प्रविधि र गेम मोड ५.० रहेको कम्पनीले जनाएको छ। भीभो भी१५प्रो नेपाली बजारमा टोपाज ब्लू कलर अप्सनमा उपलब्ध छ। फोनको प्रिअर्डर फागुन २४ गतेदेखि शुरु भैसकेको छ। स्मार्टफोनको बजार मूल्य ५२ हजार ४सय ९० रुपैयाँ तोकिएको छ ।