मेरो सुरक्षाको ‘मोबाइल प्रोटेक्शन प्लान’ को नयाँ शाखा नारायणगढमा विस्तार भएको छ।
मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइल इन्स्योरेन्स सेवा सुरु गरेका कम्पनीले जनाएको छ।नेपाल मोबाइल बितरक संघका अध्यक्ष दिनेश चुल्याधले नारायणगढ शाखाको शुभारम्भ गरे।
योजना ग्राहक, मोबाइल व्यवसायी तथा राष्ट्रको हितमा रहेको चुल्याधको दाबी छ। कम्पनीका अनुसार नारायणगढको एटुजेड मोबाइल हाउसका एक दर्जन बढी पसलहरुबाट मेरो सुरक्षाको प्रोटेक्सन प्लानमा सहभागि हुन सकिने छ।
सेवा पोखरा, पाल्पा, बुटवल र तनहँुबाट पनि छिट्टै सुरु हुने कम्पनीले जनाएको छ।सेवा सुरु गरेको पाँच महिनामा दश हजार बढी मोबाइल प्रयोगकर्ता योजनामा आवद्ध भईसकेको कम्पनीको भनाइ छ।
मेरो सुरक्षाले प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।