सबैभन्दा ठूलो दूरसञ्चार उपकरण निर्माता हुवावे अमेरिकी सरकार विरुद्ध अदालतमा गएको छ। गैरसंवैधानिकरुपमा अमेरिकी सरकारले हुवावेका उपकरणमा प्रतिबन्ध लगाएको भन्दै अमेरिकी सरकार विरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर गरेको हुवावेले घोषणा गरेको छ।
‘अमेरिकी कँग्रेसले हुवोवेमाथिको प्रतिबन्धलाई सहयोग गर्ने कुनै पनि तथ्य अहिलेसम्म प्रस्तुत गर्नसकेको छैन, त्यसैले हामी कानूनी उपचारमा गएका हौं’ हुवावेका रोटेटिङ अध्यक्ष गो पिङलाई उदृद्ध गर्दै हुवावे.द्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘यो प्रतिबन्ध गैरकानूनीमात्र होइन स्वस्थ प्रतिस्पर्धालाई रोक्ने प्रया पनि हो, अन्ततः यसले अमेरिकी उपभोक्तालाई नै हानी गर्ने छ, हामी अदालतको आदेश पर्खिरहेका छौं।’
हुवावेले उक्त मुद्दा अमेरिकाको टेक्सासमा रहेको डिस्ट्रीक्ट कोर्ट इन प्लानेमा दायर गरेको छ।
नेशनल डिफेन्स अथोराइजेशन एक्ट २०१९ को सेक्सन ८८९ ले कुनै पनि अमेरिकी सरकारी एजेन्सीले हुवावेका उपकरण किन्न प्रतिबन्ध लगाएको छ, त्यस्तै कुनै पनि सेवा लिन रोक लगाएको छ। यो व्यवस्थाले अमेरिकी कानून तथा सैवैधानिक सिद्धान्तको गम्भिर उलंघन गरेको दावी गर्दै हुवावेले मुद्दा दायर गरेको छ।