ओप्पोले ओप्पो एफनाइनको मूल्य समायोजन गरेको छ।
आप्पो एफनाइनको बजार मूल्य ४१ हजार ५ सय ९० रुपैयाँ थियो। मूल्य समायोजन पछि ३७ हजार ९ सय ९० मा उपलब्ध गरिइएको कम्पनीले जनाएको छ। नयाँ मूल्य मार्च १ देखि लागू भइसकेको कम्पनीको भनाइ छ।
समायोजित मूल्यले उपभोक्तालाई सेल्फी गेमको नयाँ उचाई अनुभव गर्ने अवसर दिनुका साथै थप उपभोक्तालाई एफनाइनको अनुभव लिन सहज बनाउने ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए।
सन् २०१८ अगस्टमा सार्वजनिक ओप्पो एफनाइन, वाटरड्रप स्क्रिन डिजाइन सहितको उद्योगकै पहिलो ह्याण्डसेट रहेको कम्पनीको भनाइ छ।
फोनको अधिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ। यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्ताले ठूलो स्क्रिनको प्रयोग गर्न पाउने छ।
कम्पनीका अनुसार एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ ः ९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक लुक्स प्रदान गरेको छ। फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको छ ।क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्म सहित कालो रंगमा पेण्ट गरेको छ।