कलर्स मोबाइलले प्राइड सिरिजको ‘प्राइड वन ए’ फोन सार्वजनिक गरेको छ।यो स्मार्टफोन प्रारम्भिक चरणको एन्ड्रोइड फोन हो।
कम्पनीका अनुसार फोनमा पाँच इन्च स्क्रिन, २.५ इन्च कर्भ ग्लास, उच्च टिकाउयुक्त २२०० मेगाहर्ज ब्याट्री, डबल सिम (टुजी–थ्रिजी), ५ एमपी डुअल रिअर र फ्ल्यास सहितको २ एमपी फ्रन्ट क्यामेरा रहेको छ।
नेपाल प्रारम्भिक बजेटको स्मार्टफोनका लागि ठूलो बजार हो। त्यसमध्ये ‘प्राइड वन ए’ उत्तम विकल्प रहेको टेलिटकका मार्केटिङ्ग म्यानेजर राज थापाले बताए। हाल नेपालमा कलर्सका ३५ लाख बढी ग्राहक रहेको कम्पनीको दाबी छ।