स्पेनको बार्सिलोनामा चारी वल्र्ड मोबाइल कंग्रेसमा नयाँ प्रविधिका स्मार्टफोनहरु सार्वजनिक भए। विभिन्न कम्पनीले विभन्नि डिजाइन र प्रविधिका स्मार्टफोन ल्याए। ति उपभोक्ता बजारमा आउन भने केही समय लाग्छ।
यसरी सार्वजनिक भएकामध्ये अहिलेको चर्चित फाइभजीप्रविधि सपोर्ट गर्ने स्मार्ट फोनहरु रहेका छन्। विश्व बजारमा सार्वजनिक भएको यी सबै स्मार्ट फोन नेपाली बजारमा आउने नआउने शुनिश्चित हुँदैन।
जो यसकाप्रकारका छन्ः
हुवावे मेट एक्स
चिनियाँ स्मार्टफोन निर्माता हुवावेको मेट एक्स फोल्डिङ स्मार्टफोन हो। ट्याबलेट र स्मार्ट फोनकारुपमा चलाउन मिल्ने यो फोनमा तीनप्रकार डिस्प्ले रहेका छन्।
किरिन ९८० प्रोसेसर रहेको फोनको ब्याट्री क्षमता भने ४५०० एमएएच रहेको छ। ८ जिबी ¥याम र ५१२ आन्तरिक मेमोरी रहेको फोनको युरोपीयन बजारमा २६०० युरो रहेको छ।
एलजी भी५० थिनक्वू
बायोमेट्रिक सेकुरिटी फिचरसहित आएको एलजीको फ्ल्यागसिप यो फोन क्वालकमको एसडिएम८५५ र स्न्यापड्रयागन८५५ प्रोसेसर रहेको छ। ४ हजार एमएच ब्याट्री क्षमता भएको फोनमा ६ जिबी ¥याम र १२८ जिबी आन्तरिक मेमोरी रहेको छ। यसको बजार मूल्य भने सार्वजनिक भएको छैन। यसले पनि फाइभजी सपोर्ट गर्ने छ।
सामसङ ग्यालेक्सी फोल्ड
सामसङको फाइभजी स्मार्ट फोनमध्ये यो फोन वल्र्ड मोबाइल कंग्रेस भन्दा अघि नै सार्वजनिक भएको हो। फोल्ड गर्न मिल्ने यो फोनमा क्वालकमको एसडिएम८५५ र स्न्यापड्रयागन८५५ प्रोसेसर रहेको छ। ४३८० एमएच ब्याट्री क्षमता रहेको यो फोनमा १२ जिबी ¥याम छ भने ५१२ जिबी आन्तरिक मेमोरी रहेको छ। यसको बजार मूल्य १९८० अमेरिकी डलर रहेको छ।
सामसङ ग्यालेक्सी एस१०
सामसङकै अर्को फाइभजी यो स्मार्टफोन स्पेनमा सार्वजनिक भएको छ। क्वालकमको एसडिएम८५५ र स्न्यापड्रयागन८५५ प्रोसेसर रहेको छ। ४५०० एमएच ब्याट्री क्षमता रहेको यो फोनमा ८ जिबी ¥याम छ भने २५६ जिबी आन्तरिक मेमोरी रहेको छ। यसको बजार मूल्य सार्वजनिक भएको छैन।
एमआइ मिक्स ३
चिनियाँ स्मार्टफोन निर्माता साओमीले फाइभजी नेटवर्क सपोर्ट गर्ने एमआई मिक्स ३ मा ६।३९ इन्चको एमोलिड डिस्प्ले छ। फोनमा स्न्याप ड्रयागन ८५५ प्रोसेसर रहेको छ। यसमा एक्स५० मोडियम पनि रहेको छ। यो मोडियमले अहिलेको फोरजीको तुलनामा ५० गुणा द्रुत डाउनलोड गति दिने कम्पनीको दाबी छ। यसको बजार मूल्य ५९९ युरोबाट शुरु हुने बताएको छ।
जेटई अक्सोन १० प्रो
चीनकै अर्को स्मार्टफोन निर्माता जेटईले ल्याएको यो स्मार्टफोनमा क्वालकमको एसडिएम८५५ र स्न्यापड्रयागन८५५ प्रोसेसर रहेको छ। ४०० हजार एमएएच क्षमताको ब्याट्री क्षमता भएको यो स्मार्ट फोनमा ६ जिबी र्याम छ भने १२८ जिबी आन्तरिक मेमोरी छ। यसको मूल्य सार्वजनिक भएको छैन।