शाओमीले नयाँ स्मार्ट फोन ‘रेड्मी गो’ नेपाली बजारमा ल्याएको छ। यो फोनको बजार मूल्य ८ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।
‘रेड्मी गो’ एन्ड्रोइड फोनमा स्टोरेज कम खाने र डाटाको प्रयोग कम गर्ने क्षमता रहेको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार फोनमा ५.५ इन्च एचडी डिस्प्ले, ३ हजार एमएचए ब्याट्री, ८ एमपी एलइडी फ्ल्यास सहितको ब्याक क्यामरा र ५ एमपीको सेल्फी फ्रन्ट क्यामरा छ। यो फोनमा दुई ओटा सीमकार्ड लाग्ने क्षमता छ।
यो फोन कालो र निलो रंगमा उपलब्ध छ। फोन दराज अनलाईन स्टोरमा ३ मार्च देखि किन्न सकिने कम्पनीको भनाइ छ।