उदाउँदो वायरलेस प्रविधि फाइभजीले अहिले दुनियाँकै ध्यान तानिरहेको छ। यसबाट हुने व्यापारिक र सामरिक लाभका कारण शक्ति राष्ट्रका ठूला कम्पनीले फाइभजी बिस्तारमा दिलोज्यान दिएर लागिपरेका छन्।
अहिले स्पेनको बार्सिलोनामा वर्ल्ड मोबाइल कंग्रेस भइरहेको छ। संसारभरका सेवाप्रदायक, नेटवर्क डेभलपर, हार्डवेयर निर्माताहरूको जमघट भइरहेको छ।
यही मेलामा फाइभजी स्मार्ट फोन सार्वजनिक गर्ने लहर चलेको छ भने नयाँ डिजाइन र आविष्कारका बारेमा बहस भइरहेको छ। यी सबैको केन्द्रविन्दुनमा फाइभजी रहेको छ।
फाइभजी प्रविधिबारे चिनियाँ कम्पनीहरु बढी नै आक्रमक देखिएका छन्। समारोह सुरू हुनुअघि नै हुवावे र साओमीले फाइभजी स्मार्टफोन सार्वजनिक गरे।
हुवावेले मेट एक्स स्मार्ट फोन सार्वजकिन समारोहमा फाइभ जीका अन्य पक्षमासमेत बहस भएको थियो। हुवावे संसारकै अग्रनी दूरसंचार पूर्वाधार निर्माता कम्पनी पनि हो।
उक्त कार्यक्रममा बोल्दै हुवावेका दक्षिणपूर्वी एसियाका प्रेसिडेन्ट जेम्स उ आगामी पाँच वर्ष प्रविधिको क्षेत्रमा फाइभी गेम चेन्जर हुने बताए। आजसम्म नभएको लगानी यही बीचमा हुनेमात्र नभई प्रतिफल पनि अभुतपूर्व रुपमा आउने उनले बताए।
दक्षिणपूर्वी एसियामा मात्र फाइभ जीले १.२ ट्रिलियन अमेरिकी डलरको अवसर सिर्जना गर्ने उनको भनाइ थियो। यो क्षेत्र अहिले पनि संसारकै द्रुत आर्थिक बृद्धि भइरहेको क्षेत्र भएको र आगामी पाँच वर्षमा डिजिटल अर्थतन्त्र व्यापक विस्तार हुने उनको भनाइ थियो।
‘भारत लगायतका देशमा आगामी समयमा फाइभजीको व्यापक प्रयोग हुने छ, थाइल्यान्ड र भियतनामले सन् २०२० मा फाइभजी शुरु गर्ने छन्, यो क्षेत्रमा ८ करोड माथि प्रयोगकर्ता हुने छन्, ताररहति, डिजिटल तथा इन्टेलिजेन्ट साधनले सामाजिक उत्पादकत्वमा ८ प्रतिशतसम्मको बृद्धि हुने छ’ जेम्स उले बार्सिलोनामा आयोजित अन्तरक्रिया कार्यक्रममा भने।
दक्षिण पूर्वी एसियामा फाइजीको अग्रनी भेन्डर हुने हुवावेको दावी रहेको छ। उसलेयो क्षेत्रमा ठूलो लगानी गरिरहेकाले सेवाप्रदायक तथा उपभोक्तमैत्री कामले यो प्रतिफल हात लाग्ने जेम्स उले बताए।
‘मलाई विश्वास छ कि सन् २०१९ यो क्षेत्रमा फाइभजीका लागि धेरै प्रगति हुने छ, हुवावे विश्वकै ठूलो भेन्डर पन िहो हामी यो क्षेत्रका सबै अपरेटरलाई फाइभजी सपना पुरा गर्नमा सहयोग गर्ने छौं’ उनले भने,‘हामी नयाँ प्रविधिमाथिको लगानीलाई निरन्तरता दिने छौं ब्रोडब्यान्ड, क्लाउड, आर्टिफिसियल इन्टेलिजेन्स र स्मार्ट डिभाइस जस्ता क्षेत्रमा काम गरिरहने छौं।’
सन् १९८७ मा स्थापना भएको र अहिले संसारको सबैभन्दा ठूलो दूरसंचार साधन निर्माता कम्पनीलाई विश्व राजनीतिबाट डराएको छ।
पछिल्लो समय अेरिका लगायतका पश्चिमा देशले सुरक्षा थ्रेटको कारण देखाउँदै हुवावेमाथि प्रतिवन्धसम्मका अवरोध सिर्जना गरिरहेका छन्। यही अवस्थामा हुवावेले पछिल्लो समय ‘गो डिजिटल नो पोलिटिकल’ भन्ने नारा ल्याएको छ।
अमेरिकाले हुवावेको फाइभजी प्रविधि प्रयोग गर्न अमेरिकाले अभियान नै चलाएको छ। तर हुवावेले यसलाई अस्वीकार गर्दै आएको छ।
‘हामीले २० वर्षको साइबर सेक्युरिटी रेकर्डबाट दक्षिण पूर्वी एसियाका सरकार र जनातलाई प्रमाणित गरिसकेका छौं त्यसैले हामीप्रतिको विश्वास कायमै छ’ जेम्स उले भने।