कम्प्युटर प्रोगामिङका विद्यार्थीहरुलाई लक्षित गरी यो वर्ष पनि कोड फर चेन्ज कार्यक्रम आयोजना हुनेभएको छ। युथ इन सोसियल चेन्जको आयोजनाका हुन लागेको विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन गरेको विद्यार्थीलाई सहभागी गराइने छ।
सम्बन्धित विषयको अध्यापन हुने उपत्यकाका १५ कलोटमा फागुन १्र७ गतेदेखि कार्यक्रम शुरु हुने कार्यक्रम संयोजक निराजन क्षेत्रीले जानकारी दिए। वेब डिजाइन (सीएसएस, जाभा, एचटीएमएल, जेएस लगायत), सफ्टवेयर डेभलपमेन्टबारे आधारभूत ज्ञानका साथै अभ्यास गराइने यो कार्यक्रममा कुनै पनि शुल्क भने लाग्ने छैन।
पहिलो चरणमा ‘फ्रन्ट(इन्ड डिजाइनिङ’ को बारेमा वर्कशप हुनेछ , त्यसपछि प्रतिस्पर्धा गराएर उत्कृष्ट तीन जना छनोट गरिनेछ । वर्कशपमा विद्यार्थीहरुलाई प्रोग्रामिङको क्षेत्रमा अनुभवी प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् ।
गत वर्ष युथ फर चेन्ज र पाटन संयुक्त क्याम्पसको संयुक्त आयोजनामा उपत्यकाका पाँच वटा कलेजमा भएको कार्यक्रमलाई अन्य कलेजमा पनि विस्तार गर्न लागिएको संयोजक क्षेत्रीले जानकारी दिए ।
कार्यक्रमको अन्तिम दिन गत वर्ष जस्तै प्रत्यक्ष हृयाकथोनबाट विजेता घोषणा गरिनेछ । विजेतालाई नगर पुरस्कारका साथै ईन्टर्नसीपको समेत व्यवस्था हुनेछ ।
यस वर्षको कार्यक्रमलाई पाटन संयुक्त क्याम्पससँगै, अर्किड ईन्टरनेश्नल कलेज र टेक्सास कलेजले पनि सघाएका क्षेत्रीले बताए ।