चिनियाँ स्मार्टफोन निर्माता साओमीले फाइभजी नेटवर्क सपोर्ट गर्ने स्मार्ट फोन सार्वजनिक गरेको छ। इस्पेनको बार्सिलोनामा जारी वल्र्ड मोबाइल कंग्रेसमा एमआई मिक्स ३ स्मार्ट फोन सार्वजनिक गरिएको हो।
यही मोडलको फोन गएको अक्टुबरमा चीनमा सार्वजनिक गरिएको थियो। तर फोरजीमात्र सपोर्ट गर्नेगरी आएको थियो।
संसारकै चौथो ठूलो स्मार्टफोन निर्माता कम्पनी सायोमीले यो फोन व्यावसायिक रुपमा मे देखिमात्र उपलब्ध हुने जानकारी दिएको छ। युरोपियन बजारमा यो फोनको मूल्य ५९९ युरोबाट सुरु हुने कम्पनीले बताएको छ।
६.३९ इन्चको एमोलिड डिस्प्ले भएको फोनमा स्न्याप ड्रयागन ८५५ प्रोसेसर रहेको छ। यसमा एक्स५० मोडियम पनि रहेको छ। याे माेडियमले अहिलेको फाेरजीकाे तुलनामा ५० गुणा द्रुत डाउनलाेड गति दिने कम्पनीकाे दाबी छ।