पछिल्लो समयको प्रविधि बजारमा चिनियाँ कम्पनी हुवावे चर्चाको शिखरमा छ। विश्वको ठूलो दूरसंचार इक्वुपमेन्ट निर्माता तथा दोस्रो ठूलो स्मार्टफोन निर्माता चिनियाँ कम्पनी प्रविधिका हरेक क्षेत्रमा आक्रमक रुपले प्रस्तुत भइरहेको छ।
हुवावेले फाइभ जी प्रविधिको विस्तार द्रुत मार्गबाट गर्ने घोषणा गरेको छ। फ्रेबुवरी २० मा लण्डनमा आयोजित कार्यक्रमा हुवावेले ‘सिम्प्लीफाइड फाइभजी’ विस्तार रणनीति सार्वजनिक गरेको छ।
वल्र्ड मोबाइल कँग्रेसको पूर्वसन्ध्यामा कम्पनीले नेटवर्क सरलीकृत, अटोमेटिक बनाउँदै भविष्यलाई अझ सहज र सरल बनाउने घोषणा गरेको छ।
फाइभजीको व्यावसायिक प्रयोगको ठूलो सम्भाव्यता रहेको र यसले विश्वलाई अझै परिस्कृत र सरलीकृत गर्ने कम्पनीको विश्वास रहेको छ।
‘फाइभ जी अप्रत्यासित विकासको साक्षी हुने छ, हवावे कठिनताबाट सरलीकृत विश्वका लागि कटिबद्ध छ। हामी प्रणालीगत अनुसन्धानबाट सहज, सस्तो फाइभजीको विकाका लागि व्यग्र प्रतिक्षामा छौ’ हवावेका मार्केटिङ चिफ पेटर जुहुले भनेका छन्।
अहिलेको विश्वमा विभन्नि नेटवर्क र ब्यान्डका कारण व्यवस्थापन गर्न कठिन भइरहेको छ। अहिले टु, थ्री र फोर जी यथावत छन्। यसमा फाइभ जी अझै थपिने छ। यस्तोमा हुवावे नेटवर्क सरलीकरणका लागि काम गरिरहेको जानकारी दिएको छ।
सेवाप्रदायक, नियमक र उपभोक्ता सबैलाई फाइदा हुने प्रविधिको आविष्कार एकमात्र लक्ष्य रहेको कम्पनीले बताएको छ। उसका अनुसार यसबाट समग्र प्रविधिको इकोसिस्टमले फड्को मार्ने छ।