फोनको बजारमा फेरि एकपटक फोल्ड गर्न मिल्ने डिभाइसको होडबाजी चल्ने देखिएको छ। बारफोनको जमानामा उच्च मूल्यमा गनणा हुने स्लाइड र फोल्ड फोनलाई स्मार्ट फोनले विस्थापित गरेपछि फेरि फोल्ड गर्नमिल्ने डिभाइसको प्रतिस्पर्धा देखिएको छ।
गएको साता समासङले फोल्ड स्मार्ट फोन बजारमा सार्वजनिक गरेपछि अन्य स्मार्टफोन कम्पनीहरुले धमाधम घोषणा गरिरहेका छन्।
केही समयअघि चिनियाँ स्मार्टफोन कम्पनी सयोमीले यस्तै स्मार्ट फोनको डिजाइन सार्वजनिक गरेको थिया भने हुवावेले पनि डिजाइन सार्वजनिक गरिसकेको छ।
ट्याबलेट र स्मार्ट फोन दुबैको मजा लिन सकिने यस्तो डिजाइनको पहिलो फोन सामसङले सार्वजनिक गरेपनि यसको बिक्रीवितरण भने आगामी अप्रीलदेखि हुने बताइएको छ। यो प्रविधि तर डिजाइनको सफलता उपभोक्ताको अनुभवले बताउने नै छ।