गण्डकी र पाँच नम्बर प्रदेशमा अप्टिकल फाईबर विस्तार गर्ने ठेक्का तोडेर नेपाल टेलिकमलाई दिने निर्णय गरिएको छ।
गएको बैशाखसम्म काम गरिसक्नुपर्नेमा अहिलेसम्म कुनै काम नगरेकोले ठेक्का तोडेर नेपाल टेलिकमलाई जिम्मा दिन दूरसंचार प्रधिकरणलाई निर्देशा दिने निर्णय भएको संचार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।
नेपाल दूरसंचार प्राधिकरणले ग्रामिण दूरसंचार कोषको रकम प्रयोग गर्दै पूर्वदेखि पश्चिमसम्म अप्टिकल फाइबर विस्तार गर्ने योजना अघि बढाएको थियो।
१,२ र ३ नम्बर प्रदेशका लागि सरकारले नेपाल टेलिकमलाई जिम्मा दिइसकेको छ।