दस हजार किशोरी र महिलाहरुलाई डिजिटल तथावित्तिय साक्षरताप्रदानगर्ने उद्देश्यका साथ खल्ती डिजिटल वालेटले आजदेखि स्मार्ट छोरीअभियान शुरु गरेको छ । देशव्यापी रुपमा संचालित यस अभियानले किशोरी र महिलाहरुमाझपुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।
डिजिटल शीपको अभाव नै उनीहरुको व्यावसायिक जिवन अगाडि नबढ्नुको एउटा अड्चनको रुपमा देखिएको भन्दै स्मार्ट छोरी अभियानले उनीहरुलाई बिभिन्नजीवन उपयोगी सीप प्रदान गरी क्षमताअभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्यलिएको छ ।
स्मार्ट छोरी खल्तीएपभित्र संचालित एउटा ई–लर्निङ प्लाटफर्म हो जहाँ सहभागिहरुले सुचनातथा सञ्चार प्रविधीको सहि सदुपयोग गर्न सिक्नुका साथै डिजिटल भुक्तानी, अन्लाईन सुरक्षा र वित्त व्यबस्थापन लगायतका कुराहरु सिक्नेछन् । स्मार्टफोन बोक्ने र इन्टरनेटको पहुँचमा रहेका १५देखि३५ वर्ष उमेर समूहका नेपालीकिशोरी तथामहिलाहरु यो अभियानमा सामेल हुन सक्नेछन् ।
यस अभियानले किशोरी र महिलाहरुमा ज्ञान र शीपप्रदानगर्नेछ जसले गर्दा उनीहरु आँफैमा स्वरोजगार भई आत्मनिर्भर बन्न, बचत गर्ने बानीबिकास गर्न र आफ्नो समुदायमाउदाहरणिय व्यक्तित्वबन्न सक्ने अभियानको विश्वास रहेको छ।
पछिल्लो समयमा डिजिटल नेपाल र स्मार्ट सिटीका बारेमा धेरै चर्चा हुन थालेपनि अधिकांशको ध्यान भौतिकपूर्वाधार विकास गर्नेतर्फ मात्रै भएको र यसले भौतिक पूर्वाधारको विकासले मात्रै डिजिटल नेपाल कदापि सम्भव नभएको ‘खल्ती’कानिर्देशक तथा ’स्मार्ट छोरी’का संयोजक अमितअग्रवालको भनाइ छ।
स्मार्ट छोरी अभियानमा कसरी सहभागी हुने ?
१५ देखि ३५ वर्षसम्मका किशोरी तथा महिलाहरुले ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी उक्तएपको गृह पृष्ठमा दिइएको ‘स्मार्ट छोरी’ ब्यानरमा क्लिक गरी यो अभियानमा जोडिन सक्नेछन् । यो इ–लर्निङ प्लाटफर्म महिलाप्रयोगकर्ताहरुलाई मात्रै उपलब्ध छ ।