ओप्पोले ‘ए७’ र ‘एथ्रीएस’ मोडलको फोनमा मूल्य समायोजन गरेको छ।
मूल्य समायोजन पछि ओप्पो े ‘ए७’ नेपाली बजारमा ३२ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध छ ।
त्यसैगरी, ओप्पो ए३एस (३जीबी) २४ हजार ५ सय ९० रुपैयाँ र ए३एस (२जीबी). १८ हजार ४ सय ९० रुपैयाँमा उपलब्ध गरिएको छ ।
ए सिरिज अन्तर्गतका फोनको लोकपृयताका कारण कम्पनीले यी फोनलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको बताएको छ।
४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको ओप्पो ए७मा उपभोक्ताको प्राकृतिक तस्विर खिच्न १६ एमपी फ्रण्ट क्यामेरा (एआई २.० सहितको) र १३+२एमपी डुअल रियर क्यामेरा रहेको कम्पनीको भनाइ छ।
त्यसैगरी, ओप्पो ए३एसमा भने १३+२ एमपी डुअल रियर क्यामेराका साथमा ८ एमपी एआई सक्रिय गरिएको फ्रण्ट क्यामेरा दिइएको छ । फोनमा सुपर फुल स्क्रिनका साथमा एआई ब्यूटी प्रविधि उपलब्ध रहेको कम्पनीले जनाएको छ।