इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेटको नयाँ शाखा भैरहवाको मिलनचोकमा खुलेको छ।
शाखा कम्पनीका नेशनल सेल्स प्रमुख युवराजकार्की र सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिब नेत्रप्रसाद आचार्यले उद्घाटन गरे।
यस शखाबाट सुबिसुसंग सम्बन्धित सम्पूर्ण जानकारी दिइने छ। साथै कम्पनीका बिभिन्न सेवाहरुको विक्रि वितरण गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ प्रबिधी सहितको गुणस्तरीय तथा तिब्र गतिको एफटिटिएच ईन्टरनेट र क्लियर टिभी सेवा सहुलियत दरमा प्रदान गरिने छ।
क्लियर टिभी मार्फत २ सय ६५ बढी (७० भन्दा बढि एच डि) च्यानलहरु हेर्न सकिने छ। एफटिटिएच सेवामा न्युनतम १५ एमबिपिएस गति देखि १ सय एमबिपिएस गति सम्मको ईन्टरनेट सेवा उपलब्ध रहेको कम्पनीको भनाइ छ।
यसै अवसरमा कम्पनीले सो क्षेत्रका ग्राहकलाई ईन्टरनेट तथा टिभी सेवामा बिषेश छुट प्रदान गरेको कम्पनीले जनाएको छ।