स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले आफ्नो नेटवर्क ४५ जिल्लामा विस्तार गरेको छ।
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, नेपालगञ्ज, विरगञ्ज, विराटनगर लगायत प्रमुख शहरमा स्मार्टको सेवा उपलब्ध हुँदै आएको छ।
विस्तारसँगै कम्पनीको फोजी सेवा १९ जिल्लामा, टूजी सेवा २६ जिल्लामा पुगेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार स्मार्टको फोजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, कास्की, नवलपरासी, बाँके, दाङ, कैलाली, बर्दिया, कन्चनपुर, पर्सा, धनुषा, चितवन, सप्तरी, सिराहा, मोरङ्ग, झापा तथा सुन्सरीमा पुगिसेको छ।
यो मोबाइल डाटाको लागि संसारमै रुचाइएको प्रविधि रहेको कम्पनीको दाबी छ।