सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको कार्यबाहक अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको छ। यसअघिका अध्यक्ष दिगम्बर झाले दिएको राजिनामा स्वीकृत नहुँदासम्म निमित्त अध्यक्षको रुपमा जिम्मेवारी पाएका खनाललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।
प्राधिकरणकै वरिष्ठ निर्देशकमा कार्यरत खनाल यसअघि झा अध्यक्ष नियुक्त हुँदा सरकारको अन्तिम सिफारिसमा परेका थिए। उनले अध्यक्षले प्रयोग गर्ने सबै अधिकार प्रयोग गर्नेगरी जिम्मेवारी पाएका हुन्।
दूरसञ्चार क्षेत्रको नियमक निकाय प्राधिकरणको कार्यबाहक अध्यक्ष खनाललाई तोक्ने माघ २५ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।