स्मार्ट मोबाईल फोनको लागि नेपालकै उत्कृष्ट सुविधा सम्पन्न मोबाईल हब सिटिसी मोबाईल हबले प्रणय दिवशको उपलक्ष्यमा आईफोन एक्स उपहार बितरण गर्ने भएको छ।
यसका साथै मोबाइल हबले प्रणय दिवशका दिन स्मार्टफोन खरिद गर्ने प्रत्येक सेवाग्राहीलाई डिटिसीको सेल्फी मोबाइल उपहार स्वरुप बितरण गर्ने भएको छ ।
सुन्धाराको सिटिसी मलमा रहेको मोबाइल हबले आफ्नो फेसबुक पेज लाइक गरी पेजमा राखिएको पोष्टमा सबैभन्दा धेरै लाइक कमेण्ट तथा शेयर गर्नेहरुलाई आईफोन एक्स उपहार योजनामा सहभागि गराईरहेको छ।
प्रणय दिवसका दिन दिउँसो सिटिभि मोबाइल ग्रुपको फेसबुक पेज यस ट्रेडर्स प्रालिबाट प्रत्यक्ष प्रशारण मार्फत ६४ जिबीको आईफोन एक्स विजेता घोषणा गरिनेछ ।
यसका साथै प्रणय दिवशका दिन मोबाइल हबमा कुनै पनि ब्राण्डको स्मार्टफोन खरिद गर्नेहरुलाई अनिवार्य रुपमा एउटा डिटिसीको सेल्फी मोबाइल उपलब्ध गराइने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।
यसका साथै सिटिभि मोबाइल ग्रुप अन्तरगतका सिटिसी मोबाइल हब सुन्धारा, केएल टावर चाबहिलमा रहेको केएल मोबाइल हब, मर्कान्टाइल प्लाजा दरबारमार्गमा रहेको एप्प्ल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्स न्युरोडको पहिलो तल्लामा रहेको सिटिभि मोबाइलमा मोबाईल एक्सचेञ्ज अफर सञ्चालन भइरहेको छ।
जस्तो सुकै पुरानो मोबाइल ल्याएर यो अफरमा नयाँ मोबाइल साट्न सकिन्छ ।
साथै मोबाइलहरुको मोडल नम्बरका आधारमा ६० प्रतिशतसम्मको छुटमा मोबाइल खरिद गर्न पनि सकिन्छ।
यसका साथै मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका सामाग्री शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा उपलब्ध गराईने सिटिभि मोबाइल ग्रुपका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।
उल्लेखित सबै मोबाइल शपहरुमा उपभोक्ताले विशेष छुटमा ग्याजेट्स किन्न सक्नेछन भने ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि लिन सक्नेछन् ।