हुवावेले नोभा सिरिजको पछिल्लो स्मार्टफोन ‘नोभा फोर ह्वावे’ नेपाली बजारमा ल्याएको छ।
यो पिनहोल डिस्प्ले सहितको विश्वकै पहिलो स्मार्टफोन भएको कम्पनीको दाबी छ।नेपाली बजारमा यसको मूल्य ६४ हजार ९ सय रुपैयाँ रहेको छ।
कम्पनीका अनुसार पिनहोल डिस्प्ले भनेको स्क्रीनमा होल भएको डिस्प्ले हो। पिनहोल डिस्प्लेको डायमिटर ४.५ एमएम छ। थ्र्रुहोल डिजाइन प्रयोग गर्नुको साटो यो स्मार्टफोनमा ब्लाइन्ड–भाया डिजाइन प्रयोग गरिएको छ।
हुवावे नोभा फोरमा फ्रन्ट फेसिङ क्यामरा फोनको बाँयापट्टिको माथिल्लो भागमा छ। नोभा फोरमा २५ एमपीको फ्रन्ट क्यामरा छ । फोटो खिच्दा एआई क्यामराले विभिन्न समूहका २०० बढी सिनहरू पहिचान गर्ने कम्पनीले जनाएको छ।
फोनमा २० एमपी आरजीबी कलर सेन्सर, एफ १.८ एपर्चर, ७८ डिग्री फिल्ड अफ भ्यू (एफओभी), १६ एमपी अल्ट्रावाइड–एंगल सेन्सर कलर एफ २.२ एपर्चर, ११७ डिग्री फिल्ड अफ भ्यू (एफओभी) , २ एमपी ब्लरिङ लेन्स एफ २.४ एपर्चर, ७८ डिग्री फिल्ड अफ भ्यू (एफओभी) रहेको कम्पनीको भनाइ छ।
साथै फोनमा ६.४ इन्च स्क्रीन, २३१०८ १०८० पिक्सल रेजलुसन र
८ जीबी मेमोरी छ।