सामसुङ एम् सिरिजको नयाँ फोन ‘ग्यालेक्सी एम् टेन’ नेपालमा लन्च भएको छ।
यो फोन ‘स्मार्टडोको’बाट १३ हजार ७ सय ९० रुपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ।फोन रिङ्गरोड भित्र फ्रि डेलिभरी गराइने कम्पनीले जनाएको छ। दिउँसो १ बजे भित्र गरेको अर्डर त्यही दिन डेलिभर गरिने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार फोनमा सस्तो मूल्यमा एड्भान्स फिचर उपलब्ध गराइएको छ। यसमा भि डिस्प्ले, ७२० एक्स १५२० फिक्सल रेजलुसन क्षमता छ। फोनमा १६ जिवी रोम, २ जिवी र्याम छ। ५ एमपी रिएर क्यामेरा र ५ एमपी फ्रन्ट क्यामेरा छ।
ग्राहकले सामसुङका मोवाइल, अन्य विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेयपदार्थ लगायत १८ क्याटेगोरिका वस्तु ‘स्मार्टडोको’बाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ।
‘स्मार्टडोको’ मार्फत काठमाडांै, पोखरा, विराटनगर, बिर्तामोड, धरान, नारायणगढ, इटहरी, विरगञ्ज, दाङ र नेपालगञ्जमा डेलिभरी सेवा दिइने कम्पनीको भनाइ छ ।