नेपाल टेलिकमले १५ औं बार्षिकोत्सवको अवसरमा बागमती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
कम्पनीको लोगो अंकित १२५ थान वाटरप्रुफ ट्रयाकसुट, ४ सय जोर गमबुट, १ सय थान फोहोर तान्ने सुइरो, ५० थान दाँते, ४ सय जोर बाक्लो पञ्जा, १ सय थान डोको,थुन्से, ५ सय थान मास्क र ५ सय थान कम्पनीको लोगो अंकित क्याप हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख आशीष घिमिरेलाई सामग्री हस्तान्तरण गरेका हुन। सफाइको ३००औं हप्ता पुगेको अवसरमा मनोहरा दोभानमा आयोजित कार्यक्रममा घिमिरेलाई सामग्री हस्तान्तरण गरेको टेलिकमले जनाएको छ।
कार्यक्रममा सफाई अभियानलाई उल्लेख्य सहयोग गरेको भन्दै प्रबन्ध निर्देशक अधिकारीलाई प्रशंसा पत्र समेत प्रदान गरिएको छ।उक्त प्रशंसापत्र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रदान गरेका हुन।
टेलिकमले अभियान शुरु भएको दोस्रो हप्ता देखि नै हरेक हप्ता समूहगत रुपमा सफाइ अभियानमा संलग्न हुन आफ्ना ग्राहकलाई निःशुल्क एसएमएस गर्दै आएको छ।